• Saturday 25th of July 2026

अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


  • गोकर्णेश्वर अनलाइन

अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो । जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा डा टण्डन, डा श्रेष्ठ, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष कृष्ण खनाल, प्रमुख डा राजेन्द्र जिसी, डा राजेन्द्र श्रेष्ठ, सन्धिखर्क नगरपालिका–३ का वडाध्यक्ष लीलाराम गौतमलगायत सहभागी थिए । यसअघि सो संस्थाले जिल्लाका विभिन्न १५ स्वास्थ्य संस्थालाई सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology