सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन् । वडा अध्यक्षमा द्वारिका श्रेष्ठले नेतृत्व गरेको प्यानलले निवर्तमान वडा अध्यक्ष राम मानन्धरको टिमलाईनै पराजित गरेका हुन् । अघिल्लो चुनावमा हारेको बदला द्वारिका श्रेष्ठले लिएका हुन् । गोकर्णेश्वर अनलाइनलाई प्राप्त विवरण अनुसार वडा अध्यक्षमा द्वारिका श्रेष्ठ,महिला सदश्यमा अन्जली तामाङ,दलित महिला सदश्यमा सिता दर्जी, खुल्ला सदस्यमा श्रीकृष्ण तामाङ र केशव सिंखडा विजयी भएका हुन् । अन्तिम मत परिणाम निर्वाचन आयोगले केही समयपछि प्रकाशन गर्नेछ ।
