सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन् । वडा अध्यक्षमा मधु तामाङले नेतृत्व गरेको प्यानलले नेपाली काँग्रेसको टिमलाई पराजित गरेका हुन् । अघिल्लो चुनावमा हारेको बदला मधु तामाङले लिएका हुन् । गोकर्णेश्वर अनलाइनलाई प्राप्त विवरण अनुसार वडा अध्यक्षमा मधु तामाङ महिला सदश्यमा माया तामाङ,दलित महिला सदश्यमा सरस्वती सुनार,खुल्ला सदस्यमा सुनिल गिरी र कृष्णहरी श्रेष्ठ विजयी भएका हुन् । अन्तिम मत परिणाम केही समयमा निर्वाचन आयोगले प्रकाशन गर्नेछ ।
