• Friday 24th of July 2026

गोकर्णेश्वर ४ को वडाध्यक्षमा एमाले काँग्रेसलाई पछार्दै लौरो चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार जयराम महतले मारे बाजी


  • गोकर्णेश्वर अनलाइन
 सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा एमाले काँग्रेसलाई पछार्दै स्वतन्त्र उम्मेदवार जयराम महतले वडा अध्यक्षमा विजय हासिल गरेका छन् । नेपाली काँग्रेसबाट बागी उठेका महतले स्वतन्त्र उम्मेदवारी दिएर लौरो चुनाव चिन्ह मार्फत चुनाब लडेका थिए । जयराम महतले पुर्व वडा अध्यक्ष नेकपा एमालेका उम्मेदवार श्रीकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । पार्टीले टिकट नदिएपछी काँग्रेसको सबै पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महतले गोकर्णेश्वरको राजनीतिक ट्रेन्ड समेत बदलिदिएका छन् । कांग्रेसबाट टिकट लिएर लडेका उम्मेदवार तेस्रो बनेका छन्। अन्तिम मत परिणाम निर्वाचन आयोगले केही समयमा प्रकाशन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology