• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसद्वारा क्लिन स्विप,नारायण सुवेदीको प्यानलै विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार नारायण बहादुर सुवेदीले क्लिन स्विप गरेका छन् । यश अघि वडा अध्यक्ष रहेका सुवेदीले नेतृत्व गरेको नेपाली काँग्रेसको प्यानलै विजयी भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा यसअघि वडा अध्यक्ष काँग्रेसले जितेपनी ४ वडा सदस्य एमालेले जितेको थियो । वडा अध्यक्षमा नारायण बहादुर सुवेदी निर्वाचित हुँदा महिला वडा सदस्यमा दुर्गा पुडासैनी(लक्ष्मी),दलित महिला सदस्यमा कमला नेपाली र खुल्ला सदस्यमा श्रीबहादुर योगी र घर्म थिङ विजयी भएका हुन् । यसअघि नेकपा एमालेबाट वडा सदस्य जितेका मुकुन्द फुयाल पराजित भएका छन् । गोकर्णेश्वर ५ म नगर प्रमुख  र उप प्रमुखमा समेत नेपाली काँग्रेसकै अग्रता देखिएको छ । हेर्नुस यस्तो छ निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मत परिणाम :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology