• Saturday 25th of July 2026

आज थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमण आज १२ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ६२७ जनामा कोरोना परीक्षण गर्दा १२ मा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेका छन् । पछिल्लो समय नौ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९३८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । हाल होम आइसोलेसनमा १५० जना रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology