• Monday 27th of July 2026

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


  • गोकर्णेश्वर अनलाइन

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । पाँच हजार ६०८ मतसहित एमालेका टासी लामा अध्यक्ष र पाँच हजार ७२२ मत प्राप्त गर्दै एमालेकै सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँहरु दुवै दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा गठबन्धनका नेकपा (माओवादी केन्द्र)का दोर्जे स्याङ्बोले चार हजार ४५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी गङ्गा चापागाईंले चार हजार ३९३ मत प्राप्त गर्नुभयो ।

पालिकामा एमालेले छ, राप्रपाले एक र कांग्रेसले एक वडा जितेको छ । योसँगै सिन्धुपाल्चोकमा कांग्रेसले पाँच स्थानीय तह, माओवादी केन्द्रले चार र एमालेले तीन स्थानीय तहमा जितेका छन् ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको सङ्ख्यात्मक अवस्थानुसार जिल्ला समन्वय गठनका लागि स्पष्ट बहुमत कुनै दलको देखिएको छैन ।

नेपाली कांग्रेस

१. हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र उपाध्यक्ष अप्सरा लामिछाने
२. भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र उपाध्यक्ष दिक्षेन शेर्पा
३. त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा र उपाध्यक्ष गीताकुमारी नेपाल
४. बाह्रबीसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत र उपप्रमुख मञ्जु तामाङ
५. मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ
६. जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठ
७. बलेफी गाउँपालिका उपाध्यक्ष सरु तामाङ
८. सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छी लामा

नेकपा (माओवादी केन्द्र)

१. चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा
२. बलेफी गाउँपालिका अध्यक्ष गङ्गा तामाङ
३. जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो
४. लिसङ्खु पाखर गाउँपालिका अध्यक्ष राजु लामा

नेकपा (एमाले)

१. इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल र उपाध्यक्ष शोभाना तामाङ
२. पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारी
३. सुनकोसी गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिना
४. मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान
५. लिसङ्खु पाखर गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा

नेकपा (एकीकृत समाजवादी)

१. चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापा

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology