• Monday 27th of July 2026

काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : नवनिर्वाचित प्रमुख बालेन्द्र साह


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताउनुभएको छ ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताउनुभएको हो । “आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उहाँँले भन्नुुभयो ।

बिहान ९ बजे काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उहाँ आफ्नो समर्थकसँग विजय -यालीसहित सहर परिक्रमा गरिरहनुभएको छ ।

सभागृहबाट सुरु भएको -याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुनेहुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology