• Monday 27th of July 2026

पर्वतका सातवटै स्थानीय तहको कार्यपालिका निर्वाचनमा एमाले विजयी


  • गोकर्णेश्वर अनलाइन

जिल्लाका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा(एमाले) विजयी भएको छ । सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको उक्त दलले सबै स्थानीय तहका कार्यपालिकाअन्तर्गत भएको निर्वाचनमा विजयी भएको हो ।उपप्रमुख मात्र जितेको कुस्मा नगरपालिकामा एमालेबाट दलित तथा अल्पसङ्ख्यकतर्फ शिवलाल सार्की, गोपाल विश्वकर्मा, लखन सुनार, खुल्ला महिलातर्फ दुर्गा कुमारी शर्मा, सविता विक, रीताकुमारी विक, सुधा गुरुङ र विन्दुकुमारी पौडेल निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्रमुख र उपप्रमुख हारेको फलेवास नगरपालिकामा महिलातर्फ दुर्गा शर्मा, भगवती पौडेल, सावित्रा शर्मा, सुनिता शर्मा, कला नेपाली र खुल्ला दलित तथा अल्पसङ्ख्यक तर्फबाट नेत्र विश्वकर्मा, बाबुराम विश्वकर्मा र चन्द्रबहादुर नेपाली एमालेबाट कार्यपालिकामा निर्वाचित हुँदा एकल बहुमत भएको छ ।

त्यस्तै पैंयू गाउँपालिकामा महिलातर्फ शर्मिला नेपाली, चन्द्रकला न्यौपाने, उमादेवी विक, मिठु क्षेत्री र दलित तथा अल्पसङ्ख्यकतर्फ फुलमाया विक र बबिता हिताङ निर्वाचित हुनुभएको छ । महाशिला गाउँपालिकामा खुल्लातर्फ विष्णुराम विक, झलक नेपाली र महिला, दलित तथा अल्पसङ्ख्यकतर्फ जयकली मल्ल, निरु नेपाली, हुमकुमारी पौडेल क्षेत्री र गीता विक निर्वाचित हुनुभएको हो ।
जलजला गाउँपालिकामा खुल्लातर्फ बबी सुवेदी, मायाकुमारी भुसाल, सुनिता खत्री, विमला बरुवाल खत्री र दलित तथा अल्पङ्ख्यकमा भीमबहादुर दमै र भीमसेनबहादुर बराइली निर्वाचित हुनुभएको छ भने मोदी गाउँपालिकामा महिलातर्फ लक्ष्मी विक, कृष्णकुमारी मल्ल, शान्ता आले र सन्तोषी विक तथा दलित तथा अल्पसङ्ख्यकतर्फ रीता सुनार विक र डिलमाया नेपाली निर्वाचित हुनुभएको छ ।

विहादी गाउँपालिकामा महिलातर्फ माया विक र तुलसी सुनार तथा दलित तथा अल्पसङ्ख्यकतर्फ यामकला नेपाली, कमला कुमारी परियार, सविता गुरुङ, विष्णु भुसाल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । जिल्लाका कुनै पनि पालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्न सकेनन् । स्थानीय चुनावमा निर्वाचित ३१९ जनप्रतिनिधिमध्ये एमाले २०६, कांग्रेस ८६, माओवादी २२ र अन्य स्वतन्त्र र साना दलले जितेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology