• Monday 27th of July 2026

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश


  • गोकर्णेश्वर अनलाइन

सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ ।

सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै सांसद दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि मूल्य निर्धारण कार्यविधिविपरीत भएको भन्दै प्रस्ताव समर्थनमा सहयोग गर्न सबै सांसदलाई अपिल गर्नुभयो । सो प्रस्तावलाई सांसद भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थन गर्नुभएको थियो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रमिला कुमारीले मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रस्तावमाथि समर्थन गर्नुभयो । सांसद जीतेन्द्रनारायण देवले सरकारले पेट्रोल र डिजेलमा रु १० मूल्य घटाएकाप्रति समर्थन गर्दै पेट्रोलिय पदार्थको मूल्य वृद्धिसम्बन्धी भारत सरकारसँग पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology