• Sunday 26th of July 2026

प्रतिनिधिसभा : कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको छ ।

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणको विषयमा यति गम्भीर प्रश्न उठिसकेकाले कार्यसूचीमा रहेको अर्थमन्त्रालयको छलफलको कार्यसूची हटाउन आग्रह गर्नुभयो ।

“यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइयोस्,” उहाँले भन्नुभयो, “फेरि हामी एमालेका तर्फबाट उहाँका (अर्थमन्त्रीका) जवाफहरु सुन्न र उहाँको यो विषयमा छलफल गर्न बिल्कुलै तयार छैनौँ, आजको कार्यसूचीबाट यो हटाइयोस्, त्यसपछि मात्रै हामी अरू मन्त्रालयसँग सम्बन्धित कुरामा छलफलमा सहभागी हुन्छाँै ।”

प्रतिपक्ष दलका सांसदको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफूले सांसदहरुले उठाएको विषयलाई गम्भीरतापूर्वक ध्यानाकर्षण भएको जानकारी गराउँदै बैठक सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology