• Monday 27th of July 2026

पर्यटन, कृषि र पूर्वाधारमा लगानी गर्न आग्रह गरेँ : अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताउनुभएको छ ।

पाँचदिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पत्रकारसँग उहाँले जापानी पक्षलाई पर्यटन, कृषि, विद्युतीकरण र पूर्वाधारमा प्राथमिकताका साथ लगानी गर्न आग्रह गरेको बताउनुभयो ।

भ्रमणका क्रममा आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिव एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको छलफलमा सूचना प्रविधि तथा फोहर व्यवस्थापनमा तत्काल नेपाललाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।

“निकै राम्रो वातावरणमा विचारको आदानप्रदान पनि भयो”, उहाँले भन्नुभयो, “एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक कुराकानी भयो ।”

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल यही साउन २१ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवद्र्धन, पुनःनिर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अवलोकन गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology