• Monday 27th of July 2026

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology