• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिकामा जनताले तिरेको करको चरम दुरुपयोग : यसरी सरकारी दर भन्दा २० गुणा बढी मुल्यमा सामान खरिद गरेर मोटाउँछन् कर्मचारी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकामा  जनताले तिरेको करको चरम दुरुपयोग भएको पाईएको छ ।

महालेखा परिक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा गोकर्णेश्वर नगरपालिकाले गरेको आर्थिक हिनामिना र अनियमितता सार्वजनिक भएको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार एउटा अमलाको बोट किन्न १२०० रुपियाँ खर्च भएको देखिन्छ जसको सरकारी कृषि डायरी दर ५० रुपियाँ हो ।

एउटा अमलाको बोटमा रु ११५० बढी भुक्तानी दिएपछि नगरपालिका र नगरपालिकामा कार्यरत कर्मचारी र लेखा शाखा समेत शंखाको घेरामा आएका छन् ।

त्यस्तै सरकारी दर अनुसार ७५ रुपिँयामा खरिद गरिनुपर्ने लप्सीलाई प्रति बिरुवा १२००,५० रुपिँया सरकारी कृषि डायरी दर भएको प्लम र गुआभालाई ८५० रुपिँया र ४० रुपिंया सरकारी कृषि डायरी दर भएको वाल नटलाई  ८५० मा खरिद गरेर अनियमितता गरेको पाइएको छ।

हेर्नुस् महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार सरकारी कृषि डायरीको दर र गोकर्णेश्वर नगरपालिकाले खरिद गरेको दर :

बिरुवा खरिद गर्दा सरकारको कृषि तथा पशुपन्क्षी डायरी प्रयोग नगरेको,हातैले लेखेको विवरण सहितको कोटेशन प्रयोग गरेको र लागत अनुमान तयार,बिरुवा खरिद प्रकृया तथा बिरुवाको भौगोलिक अनुकुलता भए नभएको सम्बन्धमा कृषि विज्ञसंग राय सल्लाह नगरी खरिद गरेको भनेर महालेखा परिक्षकले टिप्पणी समेत गरेको छ ।

नगरपालिकाले वृक्ष रोपणको लागि भनेर खरिद गरेको विरुवाको वृक्ष रोपण गरेको ठाउँको स्थलगत निरिक्षण गर्दा गोकर्णेश्वर अनलाइनले कुनैपनि खरिद भएको जातको बिरुवा भेटेन ।

यसरी नर्सरीसंगको सेटिङमा मिलोमतोमा गोकर्णेश्वर नगरपालिकामा नगरवासीले आफ्नो छाक टारेर तिरेको करको चरम दुरुपयोग भएको देखिन्छ ।

तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले नेपाली काँग्रेसले नेतृत्व गरेको नगरपालिकामा यसरी लुट हुँदा समेत केही बिरोध नगरेको देख्दा सबै शंकाको घेरामा रहेका छन् ।
नेतासंग कर्मचारीको मिलोमतोमा जनताले तिरेको करको चरम दुरुपयोगको शृङ्खला गोकर्णेश्वर अनलाइनले क्रमबद्ध रुपमा खुलासा गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology