• Saturday 25th of July 2026

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड


  • गोकर्णेश्वर अनलाइन

सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।

नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा सेनेटरी प्याड वितरण गर्र्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना अधिकारी तोक्न निर्देशन दिएको नगर शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology