• Sunday 26th of July 2026

एमाले तनहुँद्वारा उम्मेदवार सिफारिस


  • गोकर्णेश्वर अनलाइन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्रका लागि एमाले तनहुँले सोमबार उम्मेदवार सिफारिस गरेको हो ।

एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि एमालेको केन्द्रीय सल्लाहकार एकबहादुर राना सर्वसम्मत सिफारिस हुनुभएको छ । क्षेत्र नं १ प्रदेश (क) का लागि कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कलाकुमारी ढकाल सिफारिस हुनुभएको छ ।

प्रदेश (ख) का लागि इन्द्रबहादुर कुँवर, अम्मर भण्डारी, विन्दु बस्नेत, काशीराम भट्टराई, बाबुराम अधिकारी, अनिल पाण्डे र रत्नकुमार श्रेष्ठ सिफारिस हुनुभएको छ ।

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ, वर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल र विष्णु पराजुली अधिकारी सिफारिस हुनुभएको छ ।

क्षेत्र नं २ प्रदेश (क) का लागि कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गाप्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिवबहादुर महत, शेषमणि आचार्य, अर्जुनप्रसाद नागिला र राधादेवी महत क्षेत्री सिफारिस हुनुभएको छ ।

प्रदेश (ख) का लागि विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, मेखबहादुर थापा, दिलबहादुर थापा, नारायण खनाल, रनबहादुर राना, इन्द्र थापा र डिना गोतामे सिफारिस हुनुभएको छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि शेषमणि आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकबहादुर राना, विश्वबन्धु भण्डारी र राधाकुमारी महत सिफारिस हुनुभएको छ ।

प्रदेशसभाका लागि समानुपातिकमा शिव अधिकारी, सविता रसाइली, धर्म खनाल, हरिबहादुर थापा, बाबुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्यामकुमार श्रेष्ठ, सीता घिमिरे, देवबहादुर गुरुङ, कृष्णराज ढकाल, ममिन मियाँ, रणबहादुर गुरुङ, नुर महमद मियाँ, रामकुमार श्रेष्ठ, इन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सीताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ र घनश्याम देवान सिफारिस हुनुभएको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology