सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकामा शिक्षा शाखाको अर्को लुट सार्वजनिक भएको छ । सार्वजनिक खरिद ऐन विपरित खरिद गरिएकोले महालेखा परिक्षकको प्रतिवेदनले २०७९ को प्रतिवेदनमा २९,८३,५४७ (उनन्तीस लाख त्रियासी हजार पाँच सय सर्चालिस ) रुपियाँ बेरुजु देखाएको छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ अनुसार प्रतिस्पर्धा सिमित नहुनेगरी खरिद गर्नुपर्ने व्यवस्था छ ।
सार्वजनिक खरिद नियमावली २०६४ मा रु पाँच लाख सम्मको खरिद सोझै गर्न सकिने,पाँच लाख भन्दा माथी बीस लाख रुपियाँसम्म सिलबन्दी दरभाउपत्रबाट गर्न सकिने र सो भन्दामाथी बोलपत्रको माध्यमबाट खरिद गर्ने व्यवस्था छ ।
गोकर्णेश्वर नगरपालिकाले कक्षा १ देखि ८ सम्मको सिकाई सहजीकरण पुस्तिका एउटै प्याकेज बनाएर बोलपत्रको माध्यमबाट छपाई गरि खरिद गर्नुपर्नेमा प्याकेज बनाएर ठूलो रकम घोटाला गरेको पाईएको छ ।
महालेखाको प्रतिवेदनले समेत सो खरिद नियमसंगत देखिएन भनेर प्रतिवेदनमा उल्लेख गरेको पाईएको छ ।
गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयमा निशुल्क वितरण गरिएको भनिएतापनी सो प्रमाणित हुने नगरपालिकासंग कुनै कागजै छैन ।
नगरपालिका भित्रका विद्यालयहरुमा कोभिड १९ का कारण उत्पन्न सिकाई सहजीकरणका लागि शैक्षिक कार्यक्रम अन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्म सिकाई सहजीकरण पुस्तिका निर्माणमा १० लाख र पुस्तक छपाईमा २९,८३,५४७ समेत जम्मा रु ४०,५९,५४७ खर्च लेखेको पाईएको छ ।
उक्त खर्च सम्बधमा देखिएको व्यहोरा अनुसार सिकाई सहजीकरण पुस्तिका निर्माण अन्तर्गतको भाषा सम्पादन,विषय सम्पादन,टाईपिङ,लेआउट,प्रुफ रिडिङ्को स्वीकृत नर्मसनै पेस नगरी छाप्न लगाई विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा वितरण गरिएको भनिएतापनी विद्यार्थीले त्यो पुस्तिको अनुहार देख्न पाएका थिएनन् ।
गोकर्णेश्वर नगरपालिकाले विभिन्न विद्यालयमा विद्यार्थीसंग बुझ्दा सिकाई सहजीकरण पुस्तिका प्राप्त नगरेको बताएका थिए ।
यस्तो छ महालेखाको प्रतिवेदन :

यसरी विद्यार्थीलाई उपलब्ध नगराई नगरपालिका भित्र लुट हुँदसम्म नगर प्रमुख र उपप्रमुख मौन छन् ।
स्थानीयहरुले यसको छनबिन गरेर दोषीमाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने बताएपनी नगरप्रमुख र नगर उप-प्रमुख मौन छन् ।
बोलपत्रको माध्यममा खरिद गरिनुपर्ने सामाग्रीहरु विभिन्न प्याकेज बनाएर कर्मचारीले ब्रह्मलुट मच्चाउन गरेको तथ्य फेला पर्दासमेत नगरपालिकाले एउटा विज्ञप्ति समेत निकालेर जनतालाई छानबिन हुने आश्वासन दिन सकेका छैनन् ।
यस्ता प्रवृतीको उजागर हुँदा समेत नगरपालिकाको नेतृत्व मौन बस्नु कतै उहाँहरुकै आडमा कर्मचारीले लुट मच्चाएको त होइन भन्ने प्रश्न जनप्रतिनिधिमा तेर्सिएको छ ।
यस्ता अनेकन घोटालाका श्रृङखला गोकर्णेश्वर अनलाइनले क्रमश: सार्वजनिक गरिरहेको छ ।
यस्ता घोटाला रोक्न नगर प्रमुख र सिंगो कार्यपालिका अग्रसर हुनुपर्नेमा उहाँहरु अहिलेसम्म खादा माला र सम्मान लिनमै ब्यस्त देखिनुले लोकतन्त्रकै धज्जी उडाएको छ ।
