सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुखले निकालेको सार्वजनिक सुचनाको नगर प्रमुख आफैले उल्लंघन गर्न लगाएका छन् ।
विभिन्न धार्मिक समुहको मुर्ति सेलाउन बागमती नदी प्रयोग भएको र खोलानाला प्रदुषण भएको भन्दै स्थानीयले उजुरी गरेपछि गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामाले यस्तो सार्वजनिक सूचना जारी गर्नु भएको थियो ।

चर्को दबाबपछी नगर प्रमुखले मुर्ती सेलाउन दिने र पछी नगर प्रहरी लगाएर सफा गर्ने भन्दै उपमेयर लगायतलाई इशारा दिएपछि विश्वकर्मा पुजाको मुर्ती विभिन्न समुहले सेलाएको उप-प्रमुख सन्नानी लामाले गोकर्णेश्वर अनलाइनलाई बताइन् ।
यसरी तामझामका साथ लगिएको थियो गोकर्णेश्वर नगरपालिकाकै कार्यालय अगाडीबाट मुर्ती :
दबबाका बाबजुत उप-मेयरले अडान लिएतापनी मेयरले अडान नलिँदा मुर्ती बागमती नदीमा सेलाईएको थियो ।
मेयरले इशारा नदिँदा नगर प्रहरीले समेत सो विषयमा चासो लिएको थिएन ।
यसरी नगर उप-प्रमुखको पत्रलाई नगर प्रमुखको इशारामा उल्लंघन गर्न लगाएपछि नगरपालिकामा द्वन्द निम्तिने खतरा बढेको छ ।
अब नगरपालिका कसरी चल्छ त्यो आम जनताको चासो र सरोकारको विषय रहेको छ ।
