• Sunday 26th of July 2026

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताउनुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र नं २ को चुनावी प्रशिक्षणमा कार्यक्रममा उहाँले अहिले बनेको गठबन्धनले प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा सबै मिल्न आवश्यक छ, वर्तमान संविधानमा सबै अटाउने स्थान छ, एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई मिलाएर लैजान आवश्यक छ ।”

मुलुकमा लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै अघि बढाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले त्यसबेला सभामुखको जिम्मेवारी अत्यन्तै सुव्यवस्थित हिसाबले चलाउन सफल भएको घटना सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “ओनसरी जी सहासिक महिला हुनुहुन्छ, सभामुख हुँदा पार्टीभन्दा राष्ट्रको जिम्मेवारीलाई हेरेर काम गर्ने लोकतन्त्रवादी हुनुहुन्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology