• Saturday 25th of July 2026

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा प्रतिबद्धता पत्र सार्वजानिक


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिनुभयो ।

“स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ”, प्रतिबद्धता पत्रमा भनिएको छ । भौतिक संरचना निर्माण गर्दा भिन्न रुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरु निर्माण गर्न पहलगरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क)मा पार्टीका केन्द्रीयसदस्य नारायण सिलवाल र प्रदेशसभा (ख)मा पार्टीका काठमाडौँ जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology