• Saturday 25th of July 2026

राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन बनेको हो : नेता सिंह


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा उक्त गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभएकोे हो ।

“संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, नेता सिंहले भन्नुभयो, “निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ । यसैगरी आचारसंहितालाई ख्याल गरेर चुनावी अभियान सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
पूर्वउपप्रधानमन्त्रीसमेत हुनुभएका नेता सिंहले नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट निर्माण भएको संविधानको रक्षा र शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पु-याउनका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology