• Saturday 25th of July 2026

जनताको मूलभूत समस्या समाधान गर्छु : विनोद चौधरी


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नं १ का उम्मेदवार विनोद चौधरीले जनताको मूलभूत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा आज आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनताको समस्या व्यापक रहेको र त्यसलाई आफूले समाधान गर्ने बताउनुभयो ।

“नवलपरासीका विभिन्न क्षेत्रमा पुगे, समस्या हेर्दा अत्यन्त दुःख लाग्छ”, चौधरीले भन्नुभयो, “यहाँका समस्या हेर्दा केही समाधान भएको लागेन, शिक्षा, स्वास्थ्य, रोजगार, किसान सबैमा समस्या छ, त्यो समस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहेको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology