• Saturday 25th of July 2026

काठमाडौँ क्षेत्र नं २ को मतगणना सुरु


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ क्षेत्र नं २ को मतगणना सुरु भएको छ । राजनीतिक दलका प्रतिनिधिबीच आपसी सहमति जुटाएर केहीबेरअघिदेखि मतगणना सुरु भएको सहायक मतदान अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।

मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा भइरहेको छ । सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेकामा ५२ हजार नौ सय ५५ मत खसेको थियो ।

सो निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट ओनसरी घर्ती, नेकपा(एमाले)बाट मणिराम फुयाँल, राप्रपाबाट कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमलगायत उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology