• Saturday 25th of July 2026

कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी


  • गोकर्णेश्वर अनलाइन

कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो । सो क्षेत्रमा ६३ हजार सात सय ४० मत खसेकामा ५९ हजार सात सय १९ मत सदर भएको छ ।

प्रतिनिधिसभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रदेशसभातर्फको मतगणना सुरु गरिएको दाहालले बताउनुभयो । जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology