• Saturday 25th of July 2026

एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माआवादीका रेखा शर्मा विजयी


  • गोकर्णेश्वर अनलाइन

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रेखा शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शङ्कर पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।

उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ भने पोखरेल नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology