• Saturday 25th of July 2026

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उहाँ ४२ हजार सात सय ६१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार नौ सय ६८ मत ल्याउनुभएको छ । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार सात सय ९३ को मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि प्रवेश गर्नुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन मत प्राप्त गर्नुभयो भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे बासुले पाँच हजार दुई सय ८३ मत ल्याउनुभएको मुख्य निर्वाचनत अधिकृत बाँस्तोलाले जानकारी दिनुभयो । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology