• Saturday 25th of July 2026

बाँके १ (२) बाट एमालेका चौधरी निर्वाचित


  • गोकर्णेश्वर अनलाइन

बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट नेकपा (एमाले)का दुर्गाप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।

उहाँले ११ हजार तीन सय ७५ मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलाराम थारुले १० हजार दुई सय ७५ मत पाउनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीका भूमबहादुर भण्डारीले सात हजार नौ सय ६६ मत प्राप्त गर्दा जसपाका लालबहादुर शाहले तीन सय ६५ मत पाउनुभएको छ ।

कूल खसेको २७ हजार नौ सय ७० मतमध्ये एक हजार तीन सय ११ मत बदर भएको थियो भने २६ हजार पाँच सय ५९ मत सदर भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology