• Saturday 25th of July 2026

पाल्पा क्षेत्र नं १ मा एमालेका आचार्य विजयी


  • गोकर्णेश्वर अनलाइन

पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ ।

आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत पाउनुभएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गर्नुभयो । आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो । जसमध्ये एक हजार चार सय सात मत बदर भएको छ । गत मङ्सिर ५ गते साँझदेखि सुरु भएको मतगणना आज सम्पन्न भएको हो । प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology