• Saturday 25th of July 2026

कञ्चनपुरमा धान उत्पादन बढ्यो


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यसवर्र्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ प्रतिहेक्टर छ ।

“गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उहाँले भन्नुभयो, “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।”

उहाँका अनुसार यसवर्ष कञ्चनपुरमा एक लाख ९० हजार एक सय चार मेट्रिन टन धान उत्पादन भएको छ ।
गतवर्ष कञ्चनपुरमा धानको उत्पादन २ दशमलव ५५ मेट्रिक टन प्रतिहेक्टर थियो । जिल्लामा ४८ हजार छ सय हेक्टरमा धानखेती हुन्छ ।

सूचना अधिकारी जोशीका अनुसार यहाँ उत्पादन हुने कञ्चनपुरमा खपत भइ ८६ हजार मेट्रिक टन धान बचत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

“कञ्चनपुर धान, गहुँ र मकैमा आत्मनिर्भर बनेको छ”, उहाँले भन्नुभयो । किसानले समयमै रासायनिक मल पाउन सके धान उत्पादन अझै बढ्न सक्ने किसानहरु बताउँछन् ।

भीमदत्तनगरपालिका–१५ का विष्णु जोशीले सरकारले समयमै मल उपलब्ध गराउन सके धान,गहुँको उत्पादकत्व बढ्ने बताउनुभयो । “समयमै मल पाउन सकेको भए अझ राम्रो उत्पादन हुन्थ्यो हामीसँग उन्नत जातको बीउको पनि कमी छ”, उहाँले भन्नुभयो, “पर्याप्त सिचाँइको सुविधा भए यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति गर्न सकिन्छ ।”

तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीलाई सुदूरको खाद्य भण्डारको रुपमा लिइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology