• Sunday 26th of July 2026

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ ।

नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक/एक स्थानमा विजयी भएका छन् । प्रतिनिधिसभामा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ ।

प्रतिनिधिसभामा कांग्रेसबाट विश्वप्रकाश शर्मा, दीपक खड्का, सीता गुरुङ, डिगबहादुर लिम्बू, सुनीलकुमार शर्मा, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, डा नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार राय, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, पूर्णबहादुर तामाङ, श्यामकुमार घिमिरे, मोहन आचार्य, रामनाथ अधिकारी, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, उदयशम्शेर राणा र मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ ।

यस्तै राजेन्द्र बजगाइँ, टेकबहादुर गुरुङ, रामचन्द्र पौडेल, शङ्कर भण्डारी, राजु थापा, धनराज गुरुङ, शशाङ्क कोइराला, विष्णुकुमार कार्की, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, दिक्पालकुमार शाही, पूर्णबहादुर खड्का, हृदयराम थानी, बद्रीप्रसाद पाण्डे, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, डिल्लीराज पन्त, दीलेन्द्रप्रसाद बडू, शेरबहादुर देउवा, नारायणप्रकाश साउद र रमेश लेखक निर्वाचित हुनुभएको छ ।

एमालेबाट योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, महेश बस्नेत, सुवासचन्द्र नेम्वाङ, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बू, केपी शर्मा ओली, राजेन्द्रकुुमार राई, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लीलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), रघुवीर महासेठ, लक्ष्मी महतो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह र राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, महेशकुमार बर्र्तौला, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल वैरागी, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, वासुदेव घिमिरे, बलराम अधिकारी मङ्गलप्रसाद गुप्ता, सूर्यबहादुर थापा क्षेत्री, सूर्यप्रसाद ढकाल, दामोदर भण्डारी र तारा लामा तामाङ विजयी हुनुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट सुदन किराँती, अमनलाल मोदी, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, हितबहादुर तामाङ, सूर्यमान तामाङ (दोङ), माधव सापकोटा, गङ्गा कार्की, पुष्पकमल दाहाल ‘प्रचण्ड’, देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीमगर, वर्षमान पुन, रेखा शर्मा, महेन्द्रबहादुर शाही, छिरिङ डम्डुल लामा (भोटे), शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा हुनुहुन्छ ।

एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर, भानुभक्त जोशी र प्रेमबहादुर आले, जसपाबाट अशोककुमार राई, नवलकिशोर साह सुँडी, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रामसहायप्रसाद यादव र प्रदीप यादव निर्वाचित हुनुभएको छ ।

राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन, दीपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवलशम्मशेर राणा, ध्रुवबहादुर प्रधान र ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, हरि ढकाल र रवि लामिछाने, लोसपाबाट शरत्सिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी र सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, अरुनकुमार चौधरी र गङ्गाराम चौधरी, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्द्रकान्त राउत तथा स्वतन्त्ररुपमा योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology