• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिकामा कर्मचारीलाई उर्दी: कार्यालय समयमा काम नगरे ठाउँको ठाउँ कारबाही


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाका कर्मचरीले कार्यलय समयमा राम्रोसंग सेवा प्रवाह नगरेको भन्दै नगर प्रमुख दिपक रिसाल र उप-प्रमुख सान्नानी लामा एक्सनमा उत्रिएका छन् ।

अनुगमन गर्दा २५-३० प्रतिशात कर्मचारीमात्र कार्य स्थलमा सेवा प्रवाह गर्दै गरेको भेटिएको र जनगुनासो बढेकाले कर्मचारीलाई मिटिङ गरेर अब नगरपालिका निर्मम ढंगले अघि बढ्न लागेको गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामाले बताउनुभयो ।

नगरपालिका ,मातहतका वडा कार्यालय र नगरपालिकाले सेवा दिने सबै निकायमा कुनैपनी समयमा छड्के जाँच गरिने र कार्यलय समयमा काम नगर्ने र जनतालाई चुस्त दुरुस्त सेवा प्रवाह नगर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गरिने गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले गोकर्णेश्वर अनलाइनलाई बताउनु भयो ।

गोकर्णेश्वर नगरपालिकाभित्र कुनै कर्मचारीले दुख दिए र राम्रो ढंगबाट सेवा प्रवाह नगरे नगरपालिकाले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामाले गोकर्णेश्वर अनलाइनलाई बताईन् ।

नगरपालिकाले नगरवासीको गुनासो र सुझाव संकलन गर्न प्रत्यक वडामा गुनासो र उजुरी संकलन पेटीका राखिने नगर प्रमुख दिपक रिसालले बताउनु भयो ।

नगरपालिकाको कदमले कर्मचारी वृत्तमा भुईचालो गएको छ । जनतालाई चुस्त दुरुस्त सेवा दिन नगर-प्रमुख र उप-प्रमुखको यो कदम कत्तिको फलदायी साबित हुने छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology