• Saturday 25th of July 2026

विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उहाँले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ ।

उहाँले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ भन्नुभयो । काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उहाँको भनाइ थियो । अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology