• Friday 24th of July 2026

प्रधानमन्त्रीद्वारा शहीदप्रति सम्मान अर्पण


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गर्नुभएको छ ।

आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गर्नुभयो । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको थियो । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology