• Saturday 25th of July 2026

सङ्गठन सृदृढीकरण अभियान सुरु


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)ले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो ।

अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । पन्ध्रौँ सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology