• Friday 24th of July 2026

बाटो कालोपत्र नगरेर जनतालाई सास्ती दिएको भन्दै बाटो बन्द गर्न उत्रे गोकर्णेश्वर र बौद्धका जनता(भिडिओ)


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । लामो समयसम्म सडकमा डस्ट हालेरपनि सडक  कालोपत्र नगरेको भन्दै बौद्ध र गोकर्णेश्वरका जनता बाटो अबरुद्ध गर्न सडकमा उत्रेका छन् ।

सर्वेश्वर मन्दिर प्रवेशद्वारदेखी दिब्य पार्टी प्यालेससम्मका जनता समयमै सडक कालोपत्र गर्न  माग गर्दै  सडकमा उत्रेका हुन् ।

घुलो र हिलोले आजित भएर आन्दोलनमा उत्रनु परेको स्थानीय भागवत सापकोटाले गोकर्णेश्वर अनलाइनलाई बताए ।

बाटो अबरुद्ध गर्दा प्रहरीसंग घरपकड भएतापनी स्थानीयको उल्लेख्य उपस्थिति देखेर प्रहरी पछि हटेको थियो ।

जनतालाई दुख दिने उद्देश्य नभएर हाम्रो एकमात्र माग तत्काल सडक कालोपत्र हुनुपर्‍यो,स्थानिय सापकोटाले गोकर्णेश्वर अनलाइनलाई बताए।

तत्काल सडक कालोपत्र नगरे आन्दोलनको आँधीबेरी सिर्जना गर्ने स्थानिय दिपक गिरीले बताउनु भयो ।
हेर्नुस् भिडिओ :

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology