• Friday 24th of July 2026

जनताले तिरेको करबाट वर्षको ८६ लाख १६ हजार घरभाडा तिर्छ गोकर्णेश्वर नगरपालिका :अझै छैन भवन बनाउने संकेत !


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाले वार्षिक ८६ लाख १६  हजार घरभाडा तिर्ने गरेको पाईएको छ ।  चलन चल्ती अनुसार ५ वर्षमा नगरपालिकाको भवन बनाउन  पुग्ने पैसा घरबेटीलाई बुझाएर नगरपालिकाले ब्यापारी पोस्ने काम गरेको पाईएको छ ।

गोकर्णेश्वर अनलाइनलाई प्राप्त भएको विवरण अनुसार गोकर्णेश्वर नगरपालिकाले साविकको गोकर्णेश्वर नगरपालिका स्थापना हुँदाको भवन,हालको शिक्षा युवा तथा खेलकुद शाखा रहेको भवनको घरधनीलाई मासिक भाडा बापत १ लाख ६८ हजार रुपियाँ बुझाउने गरेको छ ।

अहिलेको छाहारी युवा क्लबको अगाडि रहेको नगरपालिका  भवनलाई भने गोकर्णेश्वर नगरपालिकाले चर्को भाडा तिर्ने गरेको छ ।

गोकर्णेश्वर अनलाइनले प्राप्त गरेको सूचना अनुसार गोकर्णेश्वर नगरपालिकाले आफ्नो कार्यालय प्रयोग गरे बापत घरधनी दिपक कुमार भण्डारीलाई मासिक रु ५ लाख ५० हजार बुझाउने गरेको छ ।

स्थानियका अनुसार बजारमा चलेको दरभन्दा घरधनी दिपक कुमार भण्डारीलाई अस्वभाविक भाडा बुझाईएकोले कतै कमिशनको खेल त लुकेको छैन भन्ने प्रश्न जनतामा उब्जन थालेको छ ।

घरधनी भण्डारीसंग सन्तोष चालिसे नगरप्रमुख हुँदा सम्झौता गरिएको हो ।

हामीलाई प्राप्त भएको सूचनाअनुसार घरधनी दिपक कुमार भण्डारीसंगको सम्झौता  करारको अवधी २०७९ श्रावण १ बाट २०८२ असार मसान्त सम्म ३ वर्षको रहेको पाईएको छ ।

घरधनी सरोज कुमार श्रेष्ठ र गोकर्णेश्वर नगरपालिकाबीच भएको घर बहाल सम्झौता पत्र :

घरधनी दिपक कुमार भण्डारी र गोकर्णेश्वर नगरपालिकाबीच भएको घर बहाल सम्झौता पत्र :

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology