• Friday 24th of July 2026

पार्टीका कामलाई व्यवस्थित गर्न मेरो बागमती प्रदेश प्रतिनिधित्व आवश्यक छ : केशव सिम्खडा


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । एमालेका नेता केशव सिम्खडाले नेकपा एमालेको आसन्न प्रदेश अधिवेशनमा अधिवेशन प्रतिनिधिकोलागी उम्मेदवारी दर्ता गराएका छन् । आज नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी परिसरमा सिम्खडाले उम्मेदवारी दर्ता गराउँदै आफ्नो उम्मेदवारी प्रदेशमा युवा विद्यार्थीको आवाज बुलन्द गर्न र पार्टीको कामलाई र जनसंगठलाई व्यवस्थित गर्न आफुले बागमती प्रदेश अधिवेशनको प्रतिनिधित्वकोलागी उम्मेदवारी दिएको बताए । आफुले बागमती प्रदेशमा प्रदेश सदस्य बन्ने उद्धेश्य सहित अघि बढेको र कुनैपनी हालतमा उम्मेदवारी फिर्ता नलिने बताए । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा आयोजना हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology