सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । सुगमनगर विकास समाजका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता कपिल उप्रेतीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणबहादुर सुवेदी र बागमती प्रदेशसभा सदश्य छिरिङ दोर्जे लामाले सुगम नगर र गगन नगर नजिक बृद्धअबश्था भएका ब्यक्तीहरुकोलागी विश्राम स्थल बनाउँछु भनेर गफ मात्र दिएको बताएका छन् ।
आज गगननगर विकास समाजको साधारणसभामा बोल्दै उप्रेतीले नारयण सुवेदीले हाइटेन्सनको लाइन मुनि घर बनाउन अनुमती दिने जस्ता विवादास्पद काम गरेको आरोप लगाएका थिए । विभिन्न कार्यक्रममा जाने स्टन्ट गार्ने र भेलुबाजे प्रवृत्ति बाहेक वडा अध्यक्षले केही नगरेको उप्रेतीले बताए ।
त्यस्तै बागमती प्रदेशसभा सदश्यले गफ मात्र दिएको र वृद्धहरुलाई विश्राम स्थल बनाउन कुनै पहल नगरेको आरोप लगाएका थिए ।
