• Friday 24th of July 2026

चिनारी सहकारीले आयोजना गरेको दौड प्रतियोगिता सम्पन्न:पुरुषतर्फ मनोज तामाङ र महिलातर्फ हृदय राई विजयी


  • गोकर्णेश्वर अनलाइन

चिनारी साकोसले आफ्ना युवा सदस्यहरुलाई लक्षित गरि आयोजना गरेको दोश्रो चिनारी दौड प्रतियोगिता सम्पन्न भएको छ । आफ्ना सेयर सदस्यलाई लक्षित गरेर चिनारी साकोसले आयोजना गरेको पुरुष तर्फको दौडमा मनोज तामाङ र महिला तर्फको ४ किमि दौडमा हृदय राई प्रथम भएका हुन् ।

पुरुषतर्फ मनोज तामाङले २४ मिनट ३० सेकेन्डमा दौड पुरागर्दै प्रथम भएका थिए भने दोश्रो हुने कृतिम श्रेष्ठले २७ मिनेट ३० सेकेन्ड र तेश्रो हुने सुर्य वहादुर कार्कीले २८ मिनेट ८ सेकेन्डमा दौड पूरा गरेका थिए । त्यस्तै महिला तर्फ हृदय राईले १९ मिनट २२ सेकेन्डमा दौड पूरा गरेकी थिईन भने दोश्रो हुने श्रेया श्रेष्ठले २२ मिनट ४७ सेकेन्ड र तेश्रो हुने जमुना श्रेष्ठले २४ मिनट २१ सेकेन्डमा दौड पूरा गरेकी थिईन् ।

प्रतियोगिताका प्रथम हुनेलाई मेडल प्रमाणपत्र सहित नगद रु १० हजार,दोश्रो हुनेलाई मेडल प्रमाणपत्र सहित ५ हजार र तेश्रो हुनेलाई मेडल प्रमाणपत्र सहित नगद रु ३ हजार प्रदान गरिएको थियो। टप १० लाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा ओलम्पियन तथा किर्तिमानी धावक बैकुण्ठ मानन्धरले धावकहरुलाई दौड प्रतियोगिता अगाडि उत्प्रेरणा जगाएका थिए । कार्यक्रमको समापन समारोहका सभापति एवम् चिनारी सहकारीका अध्यक्ष न्हुछे नारायण श्रेष्ठले विजेतालाई बधाई तथा शुभकामना दिँदै चिनारी सकोस समुदायमा सधै कृयाशिल रह्ने बताउनु भयो ।

आफ्ना सदश्यहरुलाई स्वस्थ बनाउन कार्यक्रम आयोजना गरिएको संस्थाका प्रबन्धक प्रेम श्रेष्ठले गोकर्णेश्वर अनलाइनलाई बताए ।

कार्यक्रमलाई प्राविधिक सहयोग उत्तरबाहिनी बोर्डिङ स्कुलले र चिनारी नेपालले गरेको थियो ।

चिनारी साकोस ३५ सय सदश्य भएको काठमाडौंको उत्तरपुर्वी भेगको प्रतिष्ठित सहकारी हो ।

हेर्नुस् टप १० को नामावली :
पुरुष तर्फ
प्रथम: मनोज तामाङ
दोश्रो: कृतिम श्रेष्ठ
तेस्रो:सुर्य बहादुर कार्की
चौथो:अडिसनल श्रेष्ठ
पाँचौं : लुकास श्रेष्ठ
छैठौं :प्रत्युस श्रेष्ठ
सातौं : दिनेश भण्डारी क्षेत्री
आठौं : विशाल तामाङ
नवौं :सुचित भण्डारी
दशौं : ईश्वर श्रेष्ठ
महिला सदश्य तर्फ
प्रथम: हृदय राई
दोश्रो: श्रेया श्रेष्ठ
तेस्रो:जमुना श्रेष्ठ
चौथो:अनिशा श्रेष्ठ
पाँचौं : मेनुका श्रेष्ठ
छैठौं : दिया शाही
सातौं : अयुशा तिमिल्सिना
आठौं : पुर्णिमा थला
नवौं : निरुता तामाङ
दशौं : सितारा पोखरेल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology