• Friday 24th of July 2026

प्याब्सन काठमाडौंको सचिवमा भिड्दै ओमप्रसाद ढकाल


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन काठमाडौं जिल्ला समितिको १६ औं अधिवेशनमा लिवर्टी एकेडेमी जोरपाटीका प्रधानाध्यापक ओमप्रसाद ढकालले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

हिजो २०८१ पुस २२ गते प्याब्सन काठमाडौं जिल्ला कार्यालयमा ढकालले उम्मेदवारी दर्ता गराएका हुन् ।

विगतमा सहसचिव निर्वाचित ढकालले एक कार्यकाल सह-सचिव भैसकेको र समग्र जिल्लाभरका प्याब्सनिस्ट साथीहरुको सल्लाह अनुसार सचिवमा उम्मेदवारी दिएको आशाका किरण मिडियालाई बताए ।

सबल प्याब्सन सुखी विद्यालयको नारा बोकेर आफू प्याब्सनको चुनावमा होमीएको ढकालले बताए ।

२५ वर्षभन्दा बढी शैक्षिक क्षेत्रमा अनुभव हासिल गरेका ढकाल अधिवक्ता समेत हुन् ।

निसान,इसान जस्ता संस्थाको नेतृत्व गरेर आफुलाई प्रमाणित गरिसकेका ढकालसंग अन्य दुई उम्मेदवार भिड्दै छन् ।

प्याब्सन काठमाडौं जिल्ला अध्यक्षमा नवराज भट्ट र कोषाध्यक्षमा डि एन अधिकारी निर्विरोध निर्वाचित भएपनी अन्य पदमा चुनाव हुने भएको छ ।

२०८१ पुस २७ गते बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा अधिवेशन तोकिएको छ ।

प्याब्सन काठमाडौंमा झण्डै ६०० विद्यालय सदस्य रहेका छन् । जिल्ला अधिवेशनले ३ वर्षकोलागी नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology