सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको किड्डिस्थान मन्टेस्वरीले आफ्नो वार्षिकोत्सब तथा दीक्षान्त समारोह एक भब्य कार्यक्रमकासाथ सम्पन्न गरेको छ ।
गोकर्णेश्वर ४ पौडेल गाउँ जाने बाटोमा रहेको किड्डिस्थानले आफ्नो विद्यालय प्राङ्गणमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यार्थीले गायन,नृत्य र अभिनय कला प्रस्तुत गरेका थिए । विद्यार्थीले नेपाली मौलिक संस्कृती झल्किने पहिरन लगाउँदै विभिन्न प्रस्तुती दिएर अभिभावकलाई देखाएका थिए । कार्यक्रममा अभिभावकहरु आफ्नो नानिबाबुको कला देखेर दंग पर्दै त्यसलाई मोबाईलमा कैद गर्न ब्यस्त देखिन्थे ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश श्रेस्ठले गरेका थिए । कार्यक्रममा विभिन्न स्कुलका प्रधानाध्यापक र संघ संस्थाका प्रतिनिधिको उपस्तिथि रहेको थियो ।

किड्डिस्थान नयाँ विद्यार्थीलाई स्वागत गर्न आतुर रहेको र आफुहरु गुणस्तरीय शिक्षा दिन सधैं कृयाशिल रहने विद्यालयका प्रधानाध्यापक एलिजा खड्का पण्डितले गोकर्णेश्वर अनलाइनलाई बताउनुभयो ।
कक्षा युकेजीमा उतिर्ण विद्यार्थीलाई गाउन लगाएर दीक्षित समेत गरिएको कार्यक्रममा अभिभावकको उल्लेख्य उपस्थिती रहेको थियो ।
विद्यार्थीलाई पढाईको अलावा खेलकुद,नृत्य ,संगित र मार्शल आर्ट्स लगायतको सुविधा दिँदै आएको किड्डिस्थान गोकर्णेश्वरकै पुरानो मन्टेश्वरी मध्यको एक हो ।
सुविधा सम्पन्न भवनमा पठनपाठन संचालन गर्दै आएको किडिस्थानमा पर्याप्त खेल मैदान समेत रहेको छ ।
