नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको बताउनुभएको छ ।
आइतबार नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को बागमती प्रदेश भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा प्रयाप्त सुरक्षाकर्मी तैनाथ गरेपनि आफ्नो पार्टी कार्यालयलाई भने राज्यले सुरक्षा गर्न नसकेकाले चैत्र १५ गते आगजनी र तोडफोड भएको बताउनुभएको हो ।
आफ्नो कार्यालयमा तोडफोड गर्दै कम्प्युटर, मोवाइलका साथै फाइन समेत चोरी भएको उहाले बताउनुभयो ।
उहाले चैत्र १५ गतेको घटनामा जोडिएका सवैले जिम्मेवारी लिनुपर्ने र दोषीलाई सरकारले कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो ।
अराजक व्यक्ति बोकेर राजतन्त्रलाई पुनर्वहाली गर्ने उदेश्य पुरा हुन नसक्ने उहाले बताउनुभयो ।
यो पनि हेर्नुहोस् :
