• Friday 24th of July 2026

तोकिएको समयमा नै निर्वाचन हुन्छ : कुलमान घिसिङ


  • गोकर्णेश्वर अनलाइन

ज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचन नयाँ शक्तिहरुको प्रस्थानबिन्दु हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार उज्यालो घर, केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरुको प्रस्थानबिन्दु हुनुपर्ने बताउनुभएको हो ।

नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्ने भन्दै उहाले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ सुझावहरु आएको जानकारी दिनुभयो । घिसिङले नयाँ शक्तिहरुको टीम बनाएर नै निर्वाचनमा होमिने संकेत समेत गर्नुभयो ।

सम्पूर्ण नयाँ शक्ति, नेपाल व्यक्तित्व, समूह, पार्टीहरु एक भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उहाले बताउनुभयो ।

उहाले निर्वाचनबाट देशको परिवर्तन गर्ने र देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन उज्यालो पार्टीले नेतृत्व लिने बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology