• Wednesday 29th of July 2026

राष्ट्र निर्माणमा सामेल हुन अध्यक्ष ओलीको आह्वान


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाल) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सामेल हुन विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले साइबर सर्कल घोषणा कार्यक्रममा आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भ्रम र प्रलोभनमा परेर पार्टी छाडेर गएकाहरूलाई पार्टीमा फर्कन पनि आग्रह गर्नुभयो । उहाँले अहिलेको सत्ता गठबन्धन व्यक्ति विशेषको स्वार्थमा बनेकाले यो सफल नहुने जिकिर गर्नुभयो । उहाँले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले एमालेलाई थप प्रभावकारी र सशक्त बनाउने उद्घोष गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology