• Wednesday 29th of July 2026

नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताउनुभएको छ । ।

नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रुपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपङ्क्तिलाई आग्रह गर्नुभयो । पार्टीका अर्का नेता पशुपतिशम्शेर जवराले केही महिनामा स्थानीय तहको निर्वाचन आइरहेकाले चुनावमा सफलता प्राप्त हुनेगरी देशभर सङ्गठन विस्तार तथा सुदृढीकरण गर्न निर्देशन दिनुभयो । उहाँले अधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै प्रतिस्पर्धाबाट पराजय भएका समूहले पार्टी फुटाउन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology