• Thursday 30th of July 2026

राजनीति गर्ने भए पार्टी खोल्न पूर्वराजालाई माधवकुमार नेपालको सुझाव


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पूर्वराजालाई राजनीति गर्ने मन भए दल खोल्न सुझाव दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “प्रतिगामी तत्वलाई भन्न चाहन्छु, नेपालमा राजतन्त्रको कुनै भविष्य छैन, राजनीति गर्ने भए पूर्व राजाले पनि पार्टी खोले हुन्छ, नभए व्यापार गरेर बसे हुन्छ ।”

राष्ट्रिय, लोकतन्त्र, समाजवाद, सामाजिक न्याय, समृद्धिको यात्रामा मुलुकका परिवर्तनकारी शक्ति एक जुट हुन सबै राजनीतिक नेतृत्वलाई आह्वान गर्दै उहाँले लोकतान्त्रिक मूल्य, मान्यतालाई आत्मसात गर्न सुझाव दिनुभयो । राजनीतिक दल लोकतन्त्र र विकासका लागि गम्भीर हुन तथा जनता जागरुख हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष नेपालले जनहित र राष्ट्रियताको पक्षमा गम्भीर मन्थन हुनुपर्ने सुझाव पनि दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology