• Friday 31st of July 2026

बागमती प्रदेशसभा बैठक : एमालेद्वारा संसद् अवरुद्ध


  • गोकर्णेश्वर अनलाइन

बागमती प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत आज बसेको बैठक नेकपा (एमाले)ले अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने वित्तिकै एमालेका सदस्यले उठेर विरोध गर्नुभएको हो ।

प्रदेश पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले रोस्ट्रमबाट अघिल्लो सरकारले गरेको कुलेखानी सुरुङमार्ग निर्माण गर्ने योजना फिर्ता लिएको, विद्युतीय बस खरिद प्रक्रिया रोकेको, विगतमा सात वटा मन्त्रालय मात्र रहेकामा १४ वटा पु¥याउन खोजेको, मुख्यमन्त्रीले जनताले तिरेको कर समाजवादी पार्टी सङ्गठन निर्माणमा दुरुपयोग गर्न थालेको, विकास निर्माणको रकमलाई मन्त्रालय थपेर बजेट दुरुपयोग गरेकोजस्ता आरोप लगाउनुभयो ।

सभामुख श्रेष्ठले एमाले प्रदेशसदस्यालाई पटकपटक बस्न आग्रह गर्नुभए पनि उहाँहरूले अवरोध गरिरहनु भएपछि आजको बैठक स्थगन गरी यही पुस ८ गते ११ बजे अर्को बैठक बस्ने निर्णय गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology