सुदर्शन बजगाई,आशाका किरण मिडिया । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको मनास्लु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नारायणटारमा रहेको छिमेकी पार्टी प्यालेसमा चुणामणी पौडेलको सभापतित्व र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश अर्यालको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले संस्थाको आर्थिक र संस्थागत प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको छ । संस्थाको प्रतिवेदन उपाध्यक्ष रमेश गुरुङ लामिछानेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन साधाना खतिवडाले प्रस्तुत गर्नु भएको थियो । कोभिडको कहरकाबिच संस्थाले पहिलो वर्षमै ६० लाख बढी निक्षेप संकलन गर्दै ८५ लाख माथी ऋण लगानी गरेको छ । कार्यक्रममा उपस्थित प्रमुख अतिथि रमेश अर्यालले जनताबाट संकलन गरेको पैसा सुरक्षित ठाउँमा प्रक्रिया पुर्याएर लगानी गरेमात्र सुरक्षित हुने भएकाले शेयर सदश्यलाई संस्थालाई दरो बनाउन नियमित बचत गर्न अनुरोध समेत गरेका थिए ।
