• Wednesday 29th of July 2026

नेकपा एमाले गोकर्णेश्वर ५ द्वारा काठमाडौं जिल्ला अधिवेशनको आक्रमक प्रचार सुरु :टोल-टोलमा जनतामाझ पुगेर निमन्त्रणा दिँदै वडा कमिटी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमाले काठमाडौं जिल्लाको छैठौं जिल्ला अधिवेशनमा व्यापक जन सहभागिता जनाउन नेकपा एमाले गोकर्णेश्वर नगरपालिका ५ नम्बर वडा कमिटीले आक्रमक प्रचार प्रसार अभियान सुरु गरेको छ । आज विहान नेकपा एमाले काठमाडौं जिल्ला सदस्य पुण्यप्रसाद चौलागाईं र तारा पुडासैनीको अगुवाईमा टोल टोलमा गएर प्रचार गरिएको वडा कमिटीका अध्यक्ष इन्द्र चौलागाईंले आशाका किरण मिडियालाई बताए । पहिलो पटक सहरको कोलाहलबाट टाढा माधव नेपालको निर्वाचन क्षेत्रमा एमालेको शक्ति पर्दशन गर्न र चोइटिएर बनेको नेकपा एसको प्रभाव काठमाडौंमा छैन भन्ने सन्देश दिन मुलपानीको क्रीकेट मैदानमा व्यापक जनसहभागिता गराउन टोल टोलमा प्रचारप्रसार गर्न निस्केको नेकपा एमाले काठमाडौं जिल्ला सदस्य पुण्यप्रसाद चौलागाईंले आशाका किरण मिडियालाई बताए।कार्यक्रम बन्चरेटारबाट सुरु भएर विभिन्न स्थान हुँदै नयाँबस्ती क्लब पुगेर सम्पन्न भएको तारा पुडासैनीले बताईन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology