• Wednesday 29th of July 2026

मधेस प्रदेशको नारा व्यवहारमा नमिलेको अध्यक्ष ओलीको तर्क


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताउनुभएको छ । एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा आज भक्तपुरको थिमिस्थित राधेरोधमा आयोजना गरिएको कार्यक्रममा उहाँले कृषि, औद्योगिकरण, पर्यटनका माध्यमबाट उत्पादन वृद्धि गरी आयात घटाएर निर्यात बढाउँदै देशको अर्थतन्त्रलाई फाइदा पु-याउन सक्ने गरी मधेस प्रदेशको विकास गरिने बताउनुभयो ।

मधेस प्रदेश विकासमा पछाडि पर्नुनपर्ने भन्दै उहाँले पर्यटकीय दृष्टिकोणबाट एकदमै राम्रो मधेस प्रदेशलाई सुनकोशी डाइभर्सन बनाएपछि यस क्षेत्रका सबै जमीनमा सिँचाइ पुग्ने बताउनुभयो । अध्यक्ष ओलीले वीरगञ्ज–काठमाडौँ रेल चल्ने बताउँदै धार्मिक पर्यटनको दृष्टिकोणले पनि यो प्रदेश उत्कृष्ट रहेको चर्चा गर्नुभयो । मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक भएको उहाँको भनाइ थियो । उहाँले मधेस प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको बताउनुभयो । सो अवसरमा पर्साबाट आएका विभिन्न पार्टीका व्यक्ति एमाले पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology